काठमाडौं, १७ माघ । प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको १२औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्न नसकेको अवस्थामा जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्ने र उत्पादकत्त्व बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले कृषि र पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो ।
जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिनुभएको छ ।


प्रतिक्रिया