बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा एक युवाले मुक्का हानेर हातपातको प्रयास गरेका छन्। हातमा कागज बोकेका युवाले छातीमा सोझ्याएर मुड्की हाने पनि प्रसाईंले हातले रोकेको भिडियो अहिले सार्वजिनक भएको छ। उनलाई हातपातको प्रयास भए पनि थप घटना भने हुन नपाएको बागलुङ प्रहरीले जनाएको छ। ‘प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानु भनी देशका विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै हिँड्ने क्रममा उहाँ आज बागलुङ पुग्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बीचैमा उनीमाथि युवाले हातपात प्रयास गरेका थिए।
सो क्रममा प्रसाईंले रोकेका र ती युवाको हातबाट कागजको पाना झरेको छ। त्यो कागजमा के लेखिएको छ भन्ने सार्वजनिक भएको छैन। बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले उहाँमाथि हातपातको प्रयास भएको र त्यसरी हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको बताउनुभयो । उहाले अहिले घटनाको अनुसन्धान जारी रहेको बताउनुभयो। प्रहरीले तत्काल नदेखेका कारण सार्वजनिक भएका भिडियोको अनुसन्धान भइरहेको र दुबै पक्षबाट बयान लिनसमेत बाँकी रहेको डिएसपी केसीले बताउनुभयो ।


प्रतिक्रिया