मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन वटा भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण

तीन वटा भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण

न्यूजस्टोरी


रुकुम, १८ पुस । रुकुम पश्चिमको चौरजहारी नगरपालिका – वडा नम्वर ६ फारुलामा निर्माण गरीएका तीन वटा भूकम्प प्रतिरोधी नमुना घर सोमवार एक औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।

गएको कात्तिक १७ गते जाजरकोट जिल्लाको वारेकोट गाउ“पालिका स्थित रामीडाडा केन्द्र विन्दु वनाएर गएको भूकम्पका कारण पूर्ण रुपमा भत्किएका तीन घर चौरजहारी नगरपालिका नगरप्रमुख पुष्प वादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख वादीले स्थानीय कालीबहादुर कामी, कमल बिक र शशिराम बोहराको परिवारलाई घरको चाबि हस्तान्तरण गर्नुभयो ।

उहाले सोही क्रममा पालिकावाट न्यानो कपडा, र म्याट समेत प्रदान गर्नुभएको छ । कार्यक्रममा नगरप्रमुख वादीले नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व नगरप्रमुख बिशाल शर्माको नेतृत्वमा पार्टीले नमूना घर निर्माण गरेर उदाहरणिय कार्य गरेको निर्माण कार्यमा खटीएका स्थानीयले बताए । विपदको वेलामा पार्टी भन्दा पनि माथी उठेर सबै राजनीतिक दलले अभियानको रुपमा पुननिर्माण कार्यमा जुटनु आवाश्यक रहेको छ ।