मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माइतीघरबाट पक्राउ परिन् सामान्य प्रशासन मन्त्री अनिता देवी

माइतीघरबाट पक्राउ परिन् सामान्य प्रशासन मन्त्री अनिता देवी

न्यूजस्टोरी

काठमाडौं, १६ पुस । प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ पर्नुभएको हो । प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।
साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको थियो।