मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

न्यूजस्टोरी


काठमाडौं,१३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ,’ उहाँले भन्न्ुभयउो, ‘मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।’ पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन। ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।