काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले विकास, सेवा र सुशासनको क्षेत्रमा काम गरिहेको दाबी गरेका छन्।
त्यसका लागि आफूले पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको उनले बताए।
१३१ औँ माओ दिवसका अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूले जनतालाई परिणाम दिनेगरी काम गरिरहेको दाबी गरे।
‘गहिरोगरी हेर्ने हो भने, हामीले एक वर्षको अवधिमा गरेका कामका केही रेकर्डहरु बनेका छन्,’ उनले भने, ‘अर्को वर्ष हाम्रै नेतृत्वका सरकारले विकास, सेवा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा नयाँ रेकर्डहरु निर्माण गर्नेछ।’


प्रतिक्रिया