मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटको नुनथरमा रमाउनेको रौनक ( फोटो फिचर)

रौतहटको नुनथरमा रमाउनेको रौनक ( फोटो फिचर)

न्यूजस्टोरी

रौतहट,९ पुस । मधेश प्रदेशकै एकमात्र रमणिय स्थल रौतहटको नुनथरमा पछिल्लो समय वाहय तथा आन्तरिक पर्यटकलाई लोभ्याउने बिभिन्न मनोरंञ्जनका साधानहरु राखिएको छ ।
पर्यटकका लागि बिभिन्न निजी संस्थाहरुले बिभिन्न मनोरंञ्जनका साधानहरु राखेपछि रौतहट जिल्लाको धार्मिक पर्यटकिय स्थल नुनथरमा रमाउनेको भिड लाग्न थालेको हो । नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीले संचालन गरेको नुनथर स्विंग अर्थात पिङमा रमाउनेको संख्या दिनप्रतिदिन बढदै जान थालेको छ ।
नुनथर क्षेत्रमा यतीबेला रमाउनेहरुको भिड लाग्न थालेको नुनथर नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीका संचालक शुभकामना पौडेलले बताउनुभयो । नुनथर क्षेत्रमा पिकनिक खान र घुम्न आँउनेहरुका लागि बागमतीमा बोटिङ पिङ लगाएतका मनोरंन्जनका सधानहरु बढेसंगै मधेश प्रदेशका अलावा भारतको बिहारका बिभिन्न स्थानबाट घुम्न आँउने पर्यटकको संख्यामा समेत बृद्धी हुदै आएको छ ।
रौतहट, सर्लाही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलको रुपमा रहेको नुनथर क्षेत्र प्राकृतिक रुपमा पनि निकै सुन्दर रहेको छ । यहाँको प्राकृतिक सुन्दरताको आनन्द लिन विभिन्न छिमेकी जिल्लाको मात्र नभएर छिमेकी मुलुक भारतबाट पनि ठुलो संख्यामा पर्यटकहरु आउने गरेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर प्रदेश मधेश प्रदेशकै चर्चित पर्यटक स्थलको रुपमा परिचित रहेको छ । पछिल्लो समय आएर पहाडको फेदीमा रहेको यो रमणिय स्थलमा रमाउन आँउनेको ताँतीनै लाग्ने गरेको स्थानीय होटल ब्यावसायी मोहन लामाको भनाइ छ ।
त्यसैगरी विभिन्न संघसंस्था प्रतिनिधी तथा विद्यालयका शिक्षक–विद्यार्थीहरु ठुलो संख्यामा पिकनिक खान आउने गरेका छन् । सो स्थानमा बिहे, ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु गर्नेको संख्यामा पनि पछिल्लो समयमा वृद्धि भएको छ । महादेव पार्वतीको वासस्थान रहेको मानिदैँ आएको यस पवित्र धार्मिक स्थलमा आएर बिहे, ब्रतबन्ध तगायतका धार्मिक तथा शुभ कार्यहरु गरे राम्रो हुने जनविश्वास रहेको छ । यहाँ आउने पर्यटकहरु यस क्षेत्रको प्राकृतिक सुन्दरता देखेर रमाउने गरेका छन् । जति घुमेपनि नथाकिने र नघाउने ठाउँ नुनथर रहेको सो स्थान घुम्न आएका चन्द्रपुर ४ का सुजन तिमल्सिनाको भनाइ छ ।