मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय पर्बत समाज द्धारा सहयोग रकम हतान्तरण गर्ने निर्णय

अन्तराष्ट्रिय पर्बत समाज द्धारा सहयोग रकम हतान्तरण गर्ने निर्णय

न्यूजस्टोरी

काठमाडौं, १० मंसिर । पर्बत कुश्मा नगरपालिका–१३ खौला घर भई पोर्चुगलमा आफ्नै साथिद्धारा हत्या गरिएका धन बहादुर क्षेत्रीको घर परिवारलाई अन्तरास्ट्रिय पर्बत समाजले सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
शनिवार अन्तराष्ट्रिय पर्वत समाजका गुणराज शर्माको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट मृतक क्षेत्रीको घरपरिवारलाई सहयोग स्वरुप उक्त रकम दिने निर्णय गरिएको हो ।

रोजी रोटीको लागि परदेश पुगेका क्षेत्रीको हत्याले शोकाकुल परिवारमा पर्न गएको क्षति र पीडामा सस्थाले सहानुभूति राख्दै तत्काल काजक्रियामा केहि सहायता पुगोस भन्ने भावनाले सस्थाको तर्फबाट पचास हजार नेपाली रुपियाँ हस्तान्तरण गर्ने निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाज नेपाल संयोजक मुना भुषालले जानकारी दिनुभयो । उक्त बैठकमा मृतक प्रति सस्थाको तर्फबाट हार्दिक श्रदान्जली अर्पण गरिनुका साथै शोक सन्तप्त परिवारमा समबेदना प्रकट गरिएको सस्थाका महासचिव प्रकाश पौडेलले जानकारी दिनुभयो । बैठकले नेपालमा रहेका संस्थाका पदाधिकारी एबम सदस्य संग समन्वय रकम हस्तान्तरणको ब्यबस्था मिलाउने जिम्मा नेपाल प्रतिनिधिलाई दिने बताएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजले मृतक क्षेत्रीको प्रदेशमा हत्या भएको हुदाँ निजको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै संस्थाको तर्फबाट परिवारलाइ थप केहि आर्थिक सहयोग जुटाएर आर्थिक सहायता प्रदान गर्ने पनि सस्थाका सचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । उक्त सहायताको लागि संस्थाका वरिष्ठ उपाधक्ष्य श्री दधि आचार्यको संयोजकत्वमा उपाधक्ष्य बाबुराम शर्मा, शेषराज तिमिल्सिना कोषाध्यक्ष तिलक सापकोटा सहकोषाध्यक्ष श्याम न्यौपाने सहितको राहत संकलन समिति बनाउने संस्थाले निर्णय गरेको छ ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार नगरपालिका १२, पेल्काचौर, स्याङ्जाका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राति छुरा प्रहार गरि हत्या गरेका थिए । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि क्रोएसिया हुँदै पोर्चुगल आएका थिए । उनीहरु दुबै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । मृतक क्षेत्रीको श्रीमती, १ छोरी र ३ छोेरा नेपालमा रहेका छन् ।