मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी बरैनियाद्वारा साढे ५ लाख रुपैयको तस्करीको सामान बरामद

सशस्त्र प्रहरी बरैनियाद्वारा साढे ५ लाख रुपैयको तस्करीको सामान बरामद

न्यूजस्टोरी


वीरगंज, २२ कात्तिक । सशस्त्र प्रहरीले भन्सार छलि गरि ल्याएको अवैध सामानहरु ठुलो मात्रामा पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बिओपी बरैनियाले अवैधरुपले भित्राएको लत्ताकपडा, हाडयेवर,बच्चाहरुको खेलाउना ,चिनि र किराना सामानहरु , बोयालर कुखुरा लगाएतको सामानहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाको मातहत रहेको सिमानाका बाट हुने तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुबाट भित्राएको लत्ताकपडा लगाएतका सामनाहरु करिब साढे ५ लाख रुपैयाँ बराबरको पक्राउ गरि वीरगंज भन्सारमा बुझाएका सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए।
त्यसैगरि बोयालर कुखुराको १ सय किलो र जिउँदो कुखुरा २ सय किलो नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक थापाले बताउनुभयो।