मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलले स्थगित गरे फ्रान्स, जर्मनी र इटाली भ्रमण

राष्ट्रपति पौडेलले स्थगित गरे फ्रान्स, जर्मनी र इटाली भ्रमण

न्यूजस्टोरी

काठमाडौं, २० कातिक । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गर्नुभएको छ । राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम थियो। मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो। राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो।