काठमाडौं, २० कार्तिक । ग्लोबल आइएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेललाई नियुक्त गरेको छ। बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा पोखरेल प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो अहिले उहाँ त्यहाँ वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ केही वर्षअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत हुनुहुन्थ्यो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूर्णरूपमा समूहको प्रमुख कार्यकारी हुँदै भाइस प्रेसिडेन्ट हुनुभएको थियो ।
पोखरेलले ग्लोबल आइएमइमा यसअघि पनि जागिरेका रुपमा काम गरि सक्नुभएको छ । बैंकिङ करिअर एभरेष्ट बैंकबाट थाल्नु भएका उहाँले चार वर्ष काम गरेपछि ग्लोबल आउनुभएको थियो । ग्लोबलमा तीन वर्ष काम गरेपछि उनी सञ्चालक समिति सदस्य हुनुभएको थियो । उहाँ सहायक प्रबन्धकबाट बैंकको जागिरबाट बाहिरिनुभएको थियो । बैंकको आइतबारको सञ्चालक समितिले उहाँलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य हुनुहुन्छ भने वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी हुनुहुन्छ ।
पोखरेल साढे दुई वर्षदेखि स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्षका साथै डिस होम नेटवर्क प्रालिका सञ्चालक पनि हुनुहुन्छ । नेपालको पहिलो पूर्वाधार बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक भएर उहाँले डेढ वर्ष बिताउनुभएको थियो । उहाँले एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टमा डिजिटल बिजनेस स्ट्राटेजी पढेका छन्। साथै शंकरदेव क्याम्पसमा एमबीए गर्नुभएको छ ।


प्रतिक्रिया