मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरीद्वारा महिमाको हत्याको आरोपमा २ जना पक्राउ

पर्सा प्रहरीद्वारा महिमाको हत्याको आरोपमा २ जना पक्राउ

न्यूजस्टोरी

वीरगन्ज, १४ कार्तिक । वीरगञ्ज महानगरपालिकाको – १४ कि महिमा खातनुको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतक महिलाका श्रीमान इजहारुल हक अंसारी र उनीकी जेठि श्रीमति नुरजहान खातुन रहेको रहेका छन् । यहि कातिक ५ गते राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमा खातनुको मृत्यु भएको थियो ।

इजहारूलहक अन्सारीको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा फजल करिम मियाँ, सासु आमा सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र सोही क्रममा मृतकका श्रीमानले धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहको कमाण्डमा सहितको प्रहरी टोली घटनास्थलमा खटी लाशजाँच मुचुल्का, पोष्ट मार्टम समेतको कार्य गरी मृतक लास आफ्नतलाई बुझाइएको थियो ।

पक्राउ परेका श्रीमान र श्रीमतीलाई ज्यान सम्बन्धी कसूरमा मुद्धा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो।