मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा थप दुई नेपालीको शव पहिचान

इजरायलमा थप दुई नेपालीको शव पहिचान

न्यूजस्टोरी


काठमाडौं, १४ कातिक । हमास समूहको आक्रमणमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान भएको छ ।तेल अभिवस्थित नेपाली दूतावासले सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र धनुषा सपही–६ का अनन्द साहको शव पहिचान भएको हो ।दूतावासले एक विज्ञप्ति जारी गर्दै स्वर्णकार र साहको शव प्रक्रिया पुरा गरी यथाशिघ्र स्वदेश पठाइने जनाएको छ ।गत २० असोजमा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा नेपालबाट गएका १० कृषि विद्यार्थीको निधन भएको थियो । यसअघि हमास आक्रमणमा मारिएका १० विद्यार्थीको शव नेपाल आइसकेको छ ।परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको छ ।स्वर्णकार र साहको शव नेपाल आएपछि अब डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारीको शव आउन बाँकी हुनेछ ।हमास आक्रमणििछ बेपत्ता भएका कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।