मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता, कार्यकर्तालाई अनुशासित बन्न ओलीको निर्देशन

नेता, कार्यकर्तालाई अनुशासित बन्न ओलीको निर्देशन

न्यूजस्टोरी

काठमाडौं,  १ कातिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उच्छृङ्खल र अराजक गतिविधि भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौँमा दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उच्छृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताउनुभयो । ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भुतपूर्व सैनिक तथा प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा समस्याहरु रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भइरहेको दावी समेत गर्नुभयो । एमालेले मुलुकको समस्या समाधानका लागि सिंगो शक्ति परिचालन गरिरहेको उनकोे जिकिर थियो।