काठमाडौं,२५ असोज । सशस्त्र प्रहरी बाहिनी र १२ नम्बर गण बाराको संरक्षणमा निर्वाध रुपमा बारा लगाएत ७ वटा जिल्लामा तस्करीमा मौलाएको छ।
सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरेपछि तस्करी मौलाएको हो ।
सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला भएको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र मुख्यालयले खासै चासो नदिएको स्थानीय वासिहरुले गुनासो गरेका छन् । बारा जिल्लाको विभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा सम्म जानकारी भएपनि तस्करी रोकीको छैन।
चाडपर्वको बेलामा बाराको बलिरामपुर, मुशहार्वा, छातवा, बरैनिया,मटिआर्वानाकाबाट लाखौंको राज्शव छलि गरि दिन्हु भारतबाट नेपाल तर्फ लत्ताकपडा , हाडयेवर,काजु, कास्मेटिक सामान, जुत्ता चप्पल , प्याज र धानको तस्करी हुँदै आएको छ। देशका नेतृत्व गरिरहेका सशस्त्र प्रहरीका प्रमुख राजु आर्यल र मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाह र १२ नम्बर गणका प्रमुख एवम टोप बहादुर डाङ्गी र बिओपी मुसहार्वाका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापा नै पैसा कमाउने अभियानमा लागेका छन् भने जवानहरुको के दोष ? सशस्त्रकै एक जवानले नाम नखोल्ने सर्तमा भने–तस्करहरूको माथिल्लो निकायसम्म सोर्स हुन्छ उनीहरूको समान रोके आखिरमा हाकिमको गाली सुनेर छोड्नुपर्छ ।

त्यस्तै घुसखोर इन्चार्जका कारण सीमामा खटेका जवानहरुको मनोबल घटिरहेको र हाकिमको इशारामा मुखदर्शक बन्दै गाएका छन् । सशस्त्र प्रहरी बल१२नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक टेक बहादुर डाङ्गीले डिआईजी र आईजिपीको मिलाउने गर्छन् भन्ने सशस्त्र प्रहरी बल बलिरामपुरका प्रमुख थापाले तस्करहरु संग साठगाठ गरि माथिल्लो निकाय सम्म पुर्याउने गरेको नाम नछाप्रने सर्तमा एक अधिकारीले बताएका छन।



प्रतिक्रिया