मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जालबाट प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

सामाजिक सञ्जालबाट प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

न्यूजस्टोरी

काठमाडौँ, असोज  २४  । सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।

मल्लले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई आफू इटालीको नागरिक डा।राबेया हिकोल भन्ने विश्वास दिलाइ माया प्रेममा परेको भ्रममा पार्थिन् । त्यसपछि आईफोन, सुन तथा गरगहना, ५ हजार डलरको गिफ्ट पठाइदिन्छु भन्ने गर्थिन् ।

गिफ्ट पठाएपछि भने विभिन्न नम्बरका ह्वाट्स एप आईडीबाट च्याट र कल गरी डा. राबेयाले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी विमानस्थलमा आइपुगेको छ । तपाईंले पार्सल पाउनका लागि भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनका लागि रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाउँथिन् ।यता पीडितले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पटक–पटक जम्मा गर्थे । यसरी उनले हालसम्म १७ लाख १५ हजार रुपैयाँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । मल्ललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको रेग्मीले जानकारी दिनुभयो ।