काठमाडौं, २३ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ । ‘उहाँको छिट्टै भ्रमण हुनेछ । हाललाई स्थगित भएको छ’ परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो ।
तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गर्नुभएको हो । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया