मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संगीता पहाडी नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक

संगीता पहाडी नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक

न्यूजस्टोरी

काठमाडौं, १८ असोज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी।ई। र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।ई। गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभएको थियो भने २०५१ फाल्गुण १० गते स्थायी नियुत्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । टेलिकमका प्रबन्ध निर्देशक सुनिलपौडेललाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि टेलिकम नेतृत्वबिहीन बनेको थियो । सञ्चार मन्त्रालयले पाहाडीलाई जिम्मेवारी तोकेसँगै टेलिकमले नेतृत्व पाएको हो ।