मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी

सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी

न्यूजस्टोरी

काठमाडौं, १७ असोज । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न चेतावनी दिएको छ ।

बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण(प्रकाशन नगर्न(नगराउन चेतावनी दिएको हो ।

‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार(प्रचार नगर्न नगराउन पुनस् अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।

साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ । हिन्दु र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्‌भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ।