मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा शान्ति सुरक्षा ब्यवस्था र तस्करी नियन्त्रण गरेको दावी, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शाह

पर्सामा शान्ति सुरक्षा ब्यवस्था र तस्करी नियन्त्रण गरेको दावी, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शाह

न्यूजस्टोरी

बीरगंज १५ असोज । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले हिन्दुहरुको माहान पर्व दशैं तिहार र छठमा अबैध रुपले भित्रिने विष्फोटक पर्दाथ र भन्सार छलेर भारतबाट नेपाल ल्याउने सामानहरुमा कडाई गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक शाहले उक्त पर्वमा अबैध रुपले भित्रिने विष्फोटक पर्दाथ र भन्सार छलेर नेपाल ल्याउने सामानहरुमा कडाई गर्नुका साथै नियन्त्रण गर्न आफना मातहतकाहरुलाई ठाडो निर्देशन दिनुभएको छ ।

पर्सा प्रहरी प्रमुख शाहले अवैध रुपमा नेपाल भित्रिने तस्करीको सामानहरुलाई कडाईका साथ नियन्त्रण गर्न सिमा नाकामा रहेका आफना मातहतका सम्पुर्ण प्रहरी चौकीहरुलाई ठाडो निर्देशन दिनुभएको हो । तस्करहरुले अहिले दशै तिहार छठ पर्वको वेलामा चोर बाटो हुदै प्रहरीको आखा छलेर अबैध रुपमा प्रतिबन्धीत बिष्फोटक पर्दार्थ पटाका लगायत भन्सार छलेर अबैध सामानहरु नेपाल भित्रयाए पनी दैनिक रुपमा लाखौ रुपैया मुल्य बराबरका तस्करीका सामानहरु नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालय र राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाउदै आएको शाहको भनाई रहेको छ ।

तस्करहरुले नेपाल भित्रयाएका प्रतिबन्धीत बिष्फोटक पर्दाथ पटाकाहरु धान र चामल आलु प्याजको भित्र लुकाई छिपाई नेपालको विभिन्न स्थान काठमाण्डौ पोखरा नारायणघाट लगायतका ठाउहरुमा पुरयाउने गरेका हुनाले आफना मातहतका युनिटहरुलाई चनाखो भएर काम गर्न निर्देशन दिनुभएको छ । पर्सा प्रहरी प्रमुख शाहले अहिले पर्सामा पुर्ण रुपले तस्करी नियन्त्रण गरेपनी खुला सिमानाको फाईदा उठाउदै तस्करहरुले सिमा नाकामा डियुटीमा रहेका प्रहरीहरुलाई केही पैसाको प्रलोभन दिई अवैध रुपमा तस्करीका सामान तस्करहरुले भित्रयाउने गरेकाछन । प्रहरी उपरिक्षक शाह अहिले आफै पर्साको सिमा नाका लगायत बिभिन्न ग्रामिण भेगमा रातीमा आफै चेकजाचका लागी रातभर गस्ती गर्ने गरेको शाहले बताउनुभयो । सिमा नाकामा रहेको प्रहरीहरुको मिलोमतोमा जुन नाकाहरुबाट अवैध रुपमा तस्करीको सामान भित्रिएको पाएको खण्डमा सो प्रहरीहरुलाई कारवाही समेत गर्ने प्रहरी उपरिक्षक शाहले जनाउनुभएको छ ।

प्रहरी उपरिक्षक शाहले पर्साको सदरमुकाम बीरगंजमा लगायत शान्ति सुरक्षा ब्यवस्था र तस्करी नियन्त्रण गरेको दावी समेत गर्नुभएको छ । पर्सा प्रहरीले आईसिपी भन्सारबाट चेकजाच भै निस्केको गाडीबाट प्रज्ञापत्रमा घोषणा भएको भन्दा बढी सामान बोकेको आशंकामा सुचनाको आधारमा गाडीहरु दैनिक १ देखी ४ वटा सम्म नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय बारामा बुझाउने गरेको शाहले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक शाहले आफनो ९ महिनाको कार्यकालमा बीरगंज लगायत पर्सा जिल्लामा शान्ति सुरक्षा ब्यवस्था र तस्करी नियन्त्रण गरेको दावी गर्नुभएको हो । प्रहरी उपरिक्षक शाहले आफनो पहिलो काम भनेको नगर लगायत जिल्लामा शान्ति सुरक्षा ब्यवस्था कायम गर्ने रहेको र त्यस पछी अन्य काम आउने बताउनु भएको छ । प्रहरी उपरिक्षक शाह भन्छन आफु पर्सामा आएको दिन देखी भन्सार छली तस्करी नियन्त्रण लागु औषध ओसार पसार कारोवार लगायत सम्पुर्ण अवैध कार्य नियन्त्रण गरेको र आफनो जिम्मेवारी पनी रहेको बताउनुभएको छ । उहाले आफनो नौ महिनामा करिव ४९ करोड रुपैया बराबरको अबैध भन्सार छलीका सामानहरु लत्ता कपडा, सटिङ सुटिङका कपडा, सुरुवालकुर्ता, कस्मेटिक सामान, हार्डवेयर, मोटर पार्टस, खाधान्य सामाग्री, चोरीका सवारी साधनहरु, पेन्ट, कम्पयुटर पार्टस, रागां भैसी, नियन्त्रणमा लिएर राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाएको जनाउनुभएको छ ।