मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस वर्ल्ड टुरिजममा सजिनाले जितिन् ‘मिस एलिगेन्स’ को उपाधि

मिस वर्ल्ड टुरिजममा सजिनाले जितिन् ‘मिस एलिगेन्स’ को उपाधि

न्यूजस्टोरी

श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागिता रहेको प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दश भित्र उभ्याउँदै उक्त उपाधि हात परेकी हुन् ।

खनालले आफूले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक सञ्जालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगिता हालै सम्पन्न भएको थियो ।

सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।

श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना  समेत दिएका थिए ।