काठमाडौँ । मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई सबै मन्त्रालयका सचिवहरुले पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । मत्रालयगत कार्यसम्पादनको अवस्थाबारे अर्यालले सबै सचिवहरुसँग जानकारी माग गरेका हुन् ।सोमबार बिहान सिंहदरबारस्थित कार्यालयमा सचिवहरुलाई डाकेर मुख्यसचिव अर्यालले कार्यसम्पादनका समयमा परेका समस्या र चुनौतिका बारेमा सोधपुछ गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका सचिव कृष्णहरि पुष्करको हाजिरिमा रातो चिन्ह लगाएको विषयमा समेत बैठकमा उठेको थियो ।मन्त्रीहरुले आफू अनुकूल काम लगाउने गरेको र त्यसलाई नमान्दा रुष्ट हुने गरेका गुनासो सचिवहरुको थियो । त्यस्तै सचिव सरुवमा ‘राईट म्यान राईट प्लेस’को अवधारणालाई ख्याल गर्नुपर्ने जोड सचिवहरुको रहेको बैठकमा सहभागी एक सचिवले रातोपाटीलाई बताए ।
ती सचिवकाअनुसार सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउका विषयमा पनि चर्चा भएको छ । बैठक समाचार तयार पार्दासम्म चलिरहेको छ ।


प्रतिक्रिया