मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीको आममाफीबारे गगन थापा– ‘यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन

रेशम चौधरीको आममाफीबारे गगन थापा– ‘यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन

न्यूजस्टोरी

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा महामन्त्री थापाले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताउनुभयो । उहाँले कानुनले बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताउनुभयो । यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने उहाँको भनाइ छ । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताउनुभयो । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुनमात्रै चल्छ । आज सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर, बलमिच्याँइ गरेर, दादागिरी देखाएर कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार–हतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो रु हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताउनुभयो । उहाँले आजका युवाहरूमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गर्नुभयो । पार्टीमा अब पनि यस्ता गल्तीहरू स्वीकारेर अघि नबढ्ने उहाँको भनाइ छ । महामन्त्री थापाले कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाउनुभयो ।