मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाले संसदीय दलको नेता चयनपछि मात्र सरकारमा मन्त्री पठाउने

जसपाले संसदीय दलको नेता चयनपछि मात्र सरकारमा मन्त्री पठाउने

न्यूजस्टोरी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकारमा थप मन्त्री पठाउने भएको छ ।

भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री दाहालले जसपाका लागि वन मन्त्रालय राखिरहनुभएको छ भने सो पार्टीले मन्त्री नपठाएको कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन । तर, जसपा तत्काल मन्त्री पठाउने पक्षमा नदेखिएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदीय दलको नेता चयन गरेपछि मात्र जसपाले थप मन्त्री पठाउने बताउनुभयो ।

यसअघि संसदीय दलको नेतामा चयन हुनुभएका रामसहाय यादव उपराष्ट्रपति बन्नुभएपछि सो पद खाली थियो । उपनिर्वाचनबाट निर्वाचित भएर आएसँगै अध्यक्ष उपेन्द्र यादवलाई संसदीय दलको नेता बनाउन जसपाले प्रक्रिया सुरु गरिसकेको छ । वैशाख २७ गते बसेको कार्यकारिणी समितिको बैठकले तीन सदस्य निर्वाचन समिति गठन गरेको हो ।

जसअनुसार समितिले विधानको व्यवस्था बमोजिम निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता छान्ने बताइएको छ ।