काठमाडौँ । मोरङको बूढीगङ्गा गाउँपालिका-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति २ बजेदेखि लागेको आगो निभेको छ ।
विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगमा विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने प्राविधिकले अनुमान गरेका छन् । मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवम् उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया