मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

न्यूजस्टोरी

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।

कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो । आयोगले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने दललाई पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सोको जानकारी आयोगमा गराउन भनेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन,२०७३ बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई ढिला हुनुको कारणबारे पत्राचार गरेको छ ।