मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित तारको व्यवस्थापन गर्दै काठमाण्डौ महानगर

अव्यवस्थित तारको व्यवस्थापन गर्दै काठमाण्डौ महानगर

न्यूजस्टोरी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौका अव्यवस्थित तारको व्यवस्थापनको काम सुरु गरेको छ । सोमवार आज बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो ।

महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिङ्क, बोर्ड लिङ्क लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ ।महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियानलाई अव्यवस्थित तार नहटाएसम्म निरन्तरता दिइने बताउनुभयो ।उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताउनुभयो । उहाँले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताउनु भयो ।काठमाण्डौ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच हिजो बसेको बैठकले आजदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो ।