मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवाबाट काठमाण्डौ उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै फर्कियो

भैरहवाबाट काठमाण्डौ उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै फर्कियो

न्यूजस्टोरी

काठमाण्डौ । भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्किएको छ ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको छ ।

अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न सकेको छैन । जसका कारण काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको छ ।

धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । धावनमार्गबाट जहाज हटाएपछि मात्रै भैरहवा विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ ।