मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुक्खा पहिरोका कारण अरुण नदी थुनियो, खुलाउने प्रयास जारी

सुक्खा पहिरोका कारण अरुण नदी थुनियो, खुलाउने प्रयास जारी

न्यूजस्टोरी

काठमाण्डौ । सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताउनुभयो ।

अहिलेसम्म नदी थुनिँदा कुनै खतरा नरहेको पनि प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।