मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान समय सकियो

नेपाल उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान समय सकियो

न्यूजस्टोरी

काठमाडौँ । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ’, प्रमुख थपलियाको भनाइ छ । गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।