मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत पठाइयो प्रधानमन्त्रीको तीन दिने भ्रमण तालिका

भारत पठाइयो प्रधानमन्त्रीको तीन दिने भ्रमण तालिका

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री दाहालले शनिबार छलफल गरेर आफ्नो भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वैशाख ३१ र जेठ १ गते मध्ये एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाइएको छ ।

भारतले यी दुई मितिमध्ये एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने सचिवालयको भनाई छ । स्रोतका अनुसार भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको छ ।