काठमाडौं । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस पाल्पाको जोरधारामा खसेर दुर्घटना भएको छ ।
लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उहांका अनुसार १० जना उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको बतानुभयो । बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी दोभानले जनाएको छ ।


प्रतिक्रिया