मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वायु प्रदूषण भएको भन्दै काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न रोक

वायु प्रदूषण भएको भन्दै काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न रोक

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।

‘हामीले भेटेजतिको ठाउँमा सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न बन्द गर्न भनेका छौं,’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘पुतली सडक र सिनामंगलमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएको छ, अन्य स्थानमा पनि भेटिए बन्द गर्न भन्छौं ।’