काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । कुशल मल्लले शतकसहित कीर्तिमानी १०८ रनसहित शतकीय पारी खेलेपछि नेपालले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१० रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाए ।
नेपालले एसीसी प्रिमियर कपमा कुशलले ६४ बलमा १०८ रन बनाए । उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने । नेपालका लागि सोमपाल कामीले नटआउट रहँदै ४६ बलमा ६४ रनको अर्धशतकीय पारी खेले । उनले त्यही क्रममा ९ चौका पनि हानेका छन् ।
प्रतिक्रिया