इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त हुनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुख रोनेनलाई पदमुक्त गर्नुभएको बीबीसीले जनाएको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले उहाँलाई हटाउने औपचारिक निर्णय…