आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ । विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ…