काठमाण्डौ । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । तर, आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्न पर्दैन । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले…