जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् । ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि…