काठमाडौं । गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शुक्रबार मेघजर्गन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना छ। विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको…