काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवा सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ । मङ्गलबार पहिलोपटक प्रतिनिधि सभाको रोस्ट्रममा उभिन पुग्नुभएका सुहाङले पूर्वसंविधानसभा अध्यक्षसमेत रहेका बुवा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेम्वाङ लोकतन्त्रका अटल हिमायती भएको भन्दै उहांले भन्नुभयो, “उहाँले विचारका विविधता र स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास राख्नुहुन्थ्यो । म पनि उहाँले दिनुभएको यही ज्ञानलाई लिएर…