काठमाडौं, १६ माघ । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।२०४६ साल चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आह्वानमा भएको प्रदर्शनमा पञ्चायती व्यवस्था विरुद्ध…