काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाको व्यापार गर्नेहरूका लागि सरकारले सुखद् खबर नदिइरहेको बताएका छन् । आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका, राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार सम्झनेका…