मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ

मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ

न्यूजस्टोरी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ चिसापानीका धनपति प्रसाईँलाई जिउँदै आगोमा जलाउन खोज्ने चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चार जना सोही ठाउँका हुन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार पक्राउ पर्नेमा गंगाबहादुर जिमदार, धनबहादुर तामाङ, अशोक तामाङ र बस्न्त तामाङ रहेका छन् । घटना बिहीबार साँझ ७ बजे तिर भएको हो ।

प्रसाईँ र पक्राउ पर्नेबीच भने कुनै दुश्मनी नदेखिएको प्रहरीले जनाएको छ । ‘चारै जनाले मादक पदार्थ (मापसे) सेवन गरेका रहेछन् । साँझमा खोल्सा छेउमा उनीहरूको जम्काभेट भएको रहेछ,’ उनले भने, ‘भनाभन हुँदा उनीहरूले झिक्रामा आगो लगाएर त्यहाँ धकेलिदिएका रहेछन् ।’

प्रहरीका अनुसार आगोमा घचेट्नु अगाडि उनीहरूले कुटपिटसमेत गरेका थिए । कुटपिटपछि आवेगमा आएर मार्ने उद्देश्यले नै आगोमा हाले पनि प्रसाईँ भागेर बाँचेको प्रहरी निरीक्षक खड्काले बताए । आगोले पोलेर धनबहादुरको कानमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार घटना भए पनि प्रहरीलाई भने स्थानीयले शुक्रबार मात्रै खबर गरेका थिए । चारै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।