काठमाडौं, ५ असोज । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गर्दै उनको स्थानमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल चैत ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।…