काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी दलहरूको अध्यादेश विरोधलाई निराधार ठहर गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको कार्यसूचीअनुसार अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अघि बढ्दा विपक्षी दलहरूले सरकारमाथि सदन छल्ने आरोप लगाउँदै विरोध जनाएका थिए । तर, सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विपक्षको आलोचनालाई तथ्यमा आधारित नभएको दाबी गरेका छन्। रोष्ट्रमबाट उनले…