काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए । अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाएका…