काठमाडौं, २७ चैत्र । नेपालले भूकम्पबाट प्रभावित म्यानमारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसहितको टोलीले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र…