काठमाडौं, २४ चैत्र । काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भोलि सोमवारदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति निकालेर देशभरका सबै विद्यालय बन्द गरी आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्नुभएको छ । विद्यालय शिक्षा ऐन…