काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज काठमाडौंमा हुने प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालयलगायतका क्षेत्रमा अरु दिनको तुलनामा आज सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ । प्रदर्शनस्थल र अन्य कार्यक्रम नतोकी राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि…