काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स ९यूएई० का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने क्रममा बिहीवार अबुधाबी पुग्नुभएका प्रधानमन्त्रीले त्यही दिन बेलुकी नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो ।…